विश्वका
प्रमुख वैज्ञानिकहरु
१)
आर्किमिडिज (Archimedes)
"Give me place to stand & I shall move the
world" भनी प्रशिद्ध भनाई राख्ने वैज्ञानिक आर्किमिडिजको जन्म
ईसापूर्व २८७ मा ग्रीसको सिसिलि स्थित साइराकस भन्ने स्थानमा भएको थियो
। आर्किमिडिजले लिभरको सिद्धान्त, सापेक्षित घनत्वको सिद्धान्त, पेच सिद्धान्त
आदि सिद्धान्तहरु प्रतिपादन गरी विश्वलाई ठूलो गुन लगाएका छन् । उनले
ऐनाको प्रयोग गरेर सूर्यको प्रकाशद्वारा शत्रुहरुको जहाजी बेडाहरुलाई जलाई
दिएका थिए । यस्ता महान् वैज्ञानिकको मृत्यु ७६ बर्षको उमेरमा ईसापूर्व
२१२ मा रोम सरकारका एकजना सिपाहीद्वारा चलाएको तरबार लागेर मृत्यु भएको
थियो । गणित
सम्बन्धी गहिरो चाख लिने यिनको प्रारम्भिक शिक्षा इजिप्टको
युक्लिड स्कुलबाटै भएर होला उनका गणित एंव विज्ञानका क्षेत्रमा महत्वपूर्ण
अनुसन्धान भएका छन । जसका बारेमा संक्षिप्त रुपमा तल प्रस्तुत गरिएका
छनः
गणित सम्वन्धी
|
विज्ञान सम्बन्धी
|
सूर्य र चन्द्रमाको व्यास नाप्ने तरिका
|
उत्तोलक र घिर्निको प्रयोगद्वारा युद्धमा प्रयोग हुने मेशिनको
आविष्कार
|
ठूलो संख्यालाई सानो रुपमा लेख्ने विधि(जस्तै १०लाख अर्थात १०,००,००० लाई १०६)
|
पानी तान्नको लागि hydralic मा प्रयोग हुने water screw को आविष्कार
|
cylinder,
parabola, sphere आदिको क्षेत्रफल ,आयतन पत्ता लगाउन प्रयोग हुने अचर राशी π (पाइ)को] मान
(22
)/7रहेको प्रमाणित
|
कुनै वस्तुलाई पूर्ण वा आंशिक
रुपमा तरल पदार्थमा डुबायो भने त्यस वस्तुको तौल बराबर तरल पदार्थ विस्थापन गर्दछ भन्ने उर्ध्वचापको नियम पत्ता लगाए जसलाई law of flotation पनि भनिन्छ ।
|
Calculus सम्बन्धी खोजहरु
|
Optics सम्बन्धी शक्तिशाली Lens र
ऐनाको खोजी
|
ग्यालिलियो
ग्यालिलि (Galileo
Galilie)
पृथ्वी ब्रम्हाण्डको
केन्द्र नभई सूर्य
भएको र ग्रह ,उपग्रह लगायतका पिण्डहरुले सूर्यलाई
केन्द्र बनाई परिक्रमा
गर्दछन भन्ने सिद्धान्त प्रतिपादन गर्न भौतिक शास्त्रका
जन्मदाताको रुपमा
हेरिने प्रसिद्ध वैज्ञानिक ग्यालिलियो ग्यालिलिको जन्म १५
फेब्रुवरी १५६४
मा इटालीको पिसामा र मृत्यु सन् १६४२ जनवरी ८
मा ७८ वर्षका उमेरमा
भएको थियो । पिसा र पुकुवा विश्व विद्यालयमा अध्ययन गरेका
ग्यालिलियो
ग्यालिलिका लामो अध्ययन अनुसन्धानबाट लेखिएका केही पुस्तकहरु : The Starry Messenger
Dialogue Concerning the Principle System of the World, Dialogue Concerning to
New Sciences हुन। उनका केहि प्रशिद्ध भौतिक एवं खगोल शास्त्रमा भएका
अनुसन्धान एंव आविस्कार यस प्रकार छनः
भौतिकशास्त्र सम्बन्धी
|
खगोलशास्त्र सम्बन्धी
|
public meter को आविष्कार
|
चन्द्रमाको सतहका खोच घाँटी खाल्डाखुल्डी भएको पत्ता लगाउने
|
हाइड्रोस्टाटिक तराजुको आविष्कार
|
वृहस्पति ग्रहको उपग्रह
|
गुरुत्वाकर्षणको प्रबेग g को
मान 9.8
m/sec2 पत्ता लगाउने
|
असंख्य ताराहरुबाट आकाश गंगा निर्माण भएको कुरा
|
० देखि ९० डिग्री को बिच पर्ने गरी कुनै वस्तुलाई प्रक्षेपण
गर्दा बन्ने मार्ग parabolic हुने कुराको तथ्य
|
शनि ग्रहलाई अण्डाकार घेराले घेरेको कुरा (सन् १६१० मा)
|
विश्वको पहिलो टेलिस्कोप (सन् १६०९ मा)निर्माण
|
तापमापक यन्त्र (थर्ममिटर) ज्यामितीय कम्पासको आविष्कार
|
भित्ते घडीको मोडेल तयार गरेको ।
|
|
सर
आइज्याक न्युटन (Sir Issac Newton)
A falling apple tells us that the same laws govern heaven
& earth का विचारक प्रशिद्ध वैज्ञानिक आधुनिक भौतिक
विज्ञानका पिता मानिने सर आइज्याक न्युटनको जन्म सन् १६४२ डिसेम्बर २५
मा बेलायतको kincoshire
शहरको woolshrope
भन्ने ठाउँमा भएको थियो। बाबु आइज्याक
न्युटन (छोरो जन्मनु भन्दा ३ महिना अघि नै मृत्यु भएपछि बाबुकै नामसँग
सम्बन्धी नाम आमाले राखेकी)र आमा हेरहको पुत्रकारुपमा जन्मेका सर आइज्याक
न्युटनको क्याम्ब्रिज विश्वविद्यालयको प्रारम्भिक शिक्षा पछि लेखेका
प्रशिद्ध कृतिहरु principia
(सन् १६८७ मा प्रकासिशत) optics (सन् १७०४
मा प्रकाशित),
Geographia Generatis, The chrolonogy of ancient kindom ,The system of
world हुन् । सन् १६८९÷ १६९० र १७०१÷ १७०२
सम्म संसदमा आफनो विश्वविद्यालयबाट प्रतिनिधि भएका सर आइज्याक न्युटनले
पत्ता लगाएका केहि अनुसन्धान र आविष्कार यस प्रकार छन्ः
-- गुरुत्वाकर्षणको
विश्वव्यापी सिद्धान्त (१६८७ मा)
-- सूर्यको
सेतो प्रकास सात विभिन्न रंग मिलेर बनेको हुने
चाल
वा गतिका नियमहरु :
क) कुनैपनि वस्तुमा
वाह्य बल प्रयोग
नभएसम्म चाल अवस्थामा छ भने समान गतिमा चाल अवस्थामा र स्थिर छ
भने स्थिर
अवस्थामा रहिरहन्छ । (पहिलो नियम)
ख) कुनै वस्तुमा
उत्पन्न हुने प्रवेश
त्यसमा लगाइएको वलसँग समानुपातीक र प्रवेग पिण्डसँग
ब्युत्क्रमानुपतिक
हुन्छ
न्युटनको दोस्रो नियम अर्थात F=ma जहाँ F= बल m =mass र a = acceleration (दोस्रो
नियम)
ग) प्रत्येक क्रियामा
जहिले पनि बराबर तर विपरित प्रतिक्रिया भइरहन्छ । (न्युटनको तेस्रो नियम)
सन् १९६६ मा fluxion प्रविधि
पछि calculus को
विकास
जोन
डाल्टन (John
Dalton)
My head is too full of triangles, chemical properties &
electrical experiments to think much of marriage. भन्ने
प्रसिद्ध रसायनशास्त्री जोन
डाल्टनको
जन्म
६ सेप्टेम्बर सन् १७६७ मा इङ्गल्याण्डको कम्बरल्याण्डको इगल्सफिल्ड भन्ने
ठाउँमा भएको थियो भने मृत्यु सन् १८४४ जुलाई २७
मा म्यानचेष्टरमा भएको थियो। आणविक सिद्धान्त,अपूर्ण चापको सिद्धान्त आदिका
बारेमा निम्न सिद्धान्तहरुको प्रतिपादन गरेका थिएः
-- Aurorra Borealis को
सिद्धान्त प्रतिपादन,
-- पदार्थको सबैभन्दा सानो अविभाज्य
कण परमाणु इलेक्टोन(-ve)
प्रोटोन (+ve)
र न्यूट्रोनका -charge less_ को मिलनबाट भएको भन्ने --- Atomic theory को
प्रतिपादन,
-- वायुपण्डलमा पानीको मात्रा पत्ता लगाउने
हाइग्रोमीटरको आविष्कार,
-- अपूर्ण चाप -Partial Pressure_ सम्बन्धी
नियम आदि ।
-- जोन डाल्टनलाई ब्रिटिस सरकारले फेलो
अफ द रोयल सोसाईटिको उपाधि प्रदान गर्यो । उनलाई आधुनिक भौतिक विज्ञानका
जन्मदाता भनिन्छ ।
माइकल
फराडे (Michael
Faraday)
Prince
of Experiment का रुपमा चिनिने माइकल फराडे सन् १७९१
सेप्टेम्बर २२ मा
नेउइङ्गटनपटमा पिता जेम्स् फराडे र आमा मार्गरेट हास्टवेलको
छोराको रुपमा
जन्मेका माइकल फराडेलाई विद्युतका पिता (Father of Electricity)का
रुपमा समेत
चिनिन्छ । सन् १८६७ अगस्त २५ मा निधन भएका यस्ता महान् वैज्ञानिक माइकल
फराडेको गरीब परिवारमा जन्म लिएका कारण आफ्नो १३ वर्षे उमेरमै पुस्तक तथा
स्टेस्नरीमा नोकरी गर्न शुरु गरेका थिए । फराडेका प्रशिद्ध केही आविष्कारहरु
यसप्रकार छन् :-
** विद्युत जेनेरेटरको आविष्कार
** मोटरहरुमा प्रयोग हुने रासायनिक
पदार्थबाट बनाइएको भोल्टाइक सेलको आविष्कार,
** पानी तान्ने काममा प्रयोग हुने विद्युत
मोटरको अविष्कार(सन् १८३० मा)
** श्वास रोक्ने ग्याँस क्लोरिनको आविष्कार,
** चिम्नीको आविष्कार (सन् १८४० मा),
** Faraday effect को
रुपमा रहेको चुम्बक प्रकाशकीय असरको आविष्कार
** विभिन्न यन्त्रमा प्रयोग हुने Capacitor को
आविष्कार
** विद्युत लेपनको प्राविधिसँग सम्बन्धित
विद्युत विच्छेदनको सिद्धान्त (Law
of Electrolysis) पत्ता लगाउने,
** वेन्जिन
** Diamagnetic / Paramagnetic वस्तुको
आविष्कार,
** Law of Electromagnetic Induction को
प्रतिपादन
चार्ल्स
डार्विन (Charles
Darwin)
'A man who dares to waste an hour of life has not discovered
the value of life." भन्ने भनाईका महान विचारक चार्ल्स
डार्विन सन् १८०९ फेब्रुवरी १२ मा England Shrewsbury भन्ने स्थानमा
पिता रवर्ट डार्विन र माता सुसचाहका पुत्रका रुपमा भएको थियो । प्रकृतिविद्
कवि तथा दार्शनिक Erasmlus
Drawin का नातीका रुपमा रहेका डार्विनका आमाको मृत्यू ८ वर्षकै उमेरमा
भएकोले स्याहारसुसार बहिनीबाट भएको थियो । सन् १८२५ मा इण्डिवर्ग
विश्वविधालयमा चिकित्साशास्त्रका लागि भर्ना गरिएतापनि
केही समयमै रुची चिकित्साशास्त्र तर्फ नहुँदा वनस्पतिशास्त्र पढ्न
शुरु गरी क्याम्ब्रिज विश्व विद्यालयबाट स्नातक सकेपछि प्रकृति शास्त्रीको
रुपमा नियुक्त हुन पुगेका थिए । यिनले जीव विकासको अध्ययनको क्रममा
सन् १८३१–१८३६
सम्म जहाज HMS
Beagle को यात्रा गरी ग्यालापागोसलाई मुख्य
केन्द्र बनाई गरेका अध्ययन अनुसन्धान देहायका सिद्धान्त प्रतिपादन गरेका
थिए :
१)
विकाशवादी सिद्धान्तः
सन् १८५९
मा प्रकाशित origin
of spices नामक पुस्तकमा समेटिएको डार्विनको विकाशवादी
सिद्धान्तका अनुसार जुनसुकै जिवित प्राणीको सन्तोत्पादन क्षमता अत्याधिक
हुने, जन्मेका
प्राणी बाँच्नका लागि संघर्ष गर्ने क्रममा संघर्ष गर्न
सक्ने नै बाँच्न सक्षम हुने र यसरी बाँच्न सक्ने जीवले आफ्ना सन्ततिमा वंशाणुगत
गुणहरु सार्नुको अतिरिक्त वातावरण अनुकूल आफू समेत परिवर्तन हुने सिद्धान्त
नै विकासवादी सिद्धान्त हो ।
२)
प्राकृतिक छनौटको सिद्धान्त :
यस पृथ्वीमा
रहेका प्रत्येक जिवित प्राणीहरुले सन्तोत्पादन गरेका प्राणीहरु यस
वातावरणमा समायोजन हुन सक्ने र नसक्ने वीचमा प्रकृतिले नै छनौट गर्ने गर्दछ
। पृथ्वीमा रहेका असंख्य जीवहरुबीच बाच्ने क्रममा खान, बस्न
र शत्रुजीव
बाट बच्न एंव हावापानीमा समायोजित हुन खासगरी तीन किसिमका जाति–जाति
वीचमा, जाति–प्रजातिवीच
र प्रकृति वातावरण वीच संघर्ष हुने र संघर्षबाट बाँच्न सक्षम नै प्रकृतिको
छनौट मा पर्ने सिद्धान्त नै डार्विनको प्राकृतिक छनौटको सिद्धान्त (Theory of Natural Selection )
भनिन्छ ।
३)
उत्परिवर्तनको सिद्धान्तः–
प्रकृतिमा आउने
परिवर्तनसँगै जीवहरुमा समेत एक पुस्ताबाट अर्को पुस्तामा जाँदा छुटै गुण, स्वाभाव
र आकार लिई नयाँ किसिमको जीव उत्पत्ति हुने सिद्धान्त नै उत्परिवर्तनको
सिद्धान्त हो ।
डार्विनले वैज्ञानिक
अल्फ्रेड रसेल वालेससँग मिलेर सन् १८५८ मा प्रकाशित गरेका पुस्तकहरु यस प्रकार छन्
:
** The origin of spices by means of Natural Selection (सन्
१८५९ मा)
** The verification of Animals & Plants under
Domestication (सन् १८६८ मा)
** The Decent of Man & Selection in relation to sex
१९ अप्रिल १८८२ मा यी
महान् वैज्ञानिक चार्ल्स डार्विनको निधन भएको थियो ।
अल्वर्ट
आइन्स्टाइन (Albert
Einstein)
"God
may be sophisticated but he is not malicious" भन्ने
भनाई राख्ने
वैज्ञानिक अल्वर्ट आइन्सटाइनको जन्म सन् १८७९ मार्च १४ मा
जर्मनीको
उटेनवर्ग स्थित उल्म भन्ने शहरमा पिता हरमान आइन्स्टाइन र माता
पाउलिन आइन्स्टाइनको
पुत्रको रुपमा भएको थियो । तीन वर्षको उमेरसम्म बोल्न समेत नजान्ने
उनलाई अनुसन्धानको द्वार खोल्ने यन्त्र थियो –उनका बाबुले ल्याएको सँधै
उत्तर दक्षिण दिशा देखाउने दिशासूचक यन्त्र । सन् १९०१ मा उनले स्वीजरल्याण्ड
को जुरिच विश्वविद्यालयबाट गणित र भौतिक शास्त्रमा स्नातक र १९०५
मा सोही विश्वविद्यालयबाट “परमाणुको
आयाम नाप्ने नयाँ पद्धति ”
शिर्षकमा विधावारिधि गरेका उनलाई सन् १९२१ मा फोटो इलेक्ट्रिक
इफेक्ट विषयमा
मह्त्वपूर्ण व्याख्या गरेवापत उनलाई भौतिकशास्त्र तर्फको नोबेल पुरस्कारद्वारा
सम्मान गरिएको थियो । सन् १९२५ मा कोप्ली अवार्ड र टाइम पत्रिकाले
शताब्दीको व्यक्तित्वको रुपमा घोषणा गरेका यिनको मृत्यु सन् १९५५ अप्रिल
१८ मा प्रिन्सटन अस्पतालमा भएपछि यिनको मस्तिष्कलाई त्यहि सुरक्षित राखिएको
थियो ।उनले सन् १९२१मा भौतिक शास्त्रको बिधामा नोवेल पुरस्कार समेत
जितेका थिए ।
सन् १९३३ मा जर्मनीको नागरिकता त्यागी इजरायलको नागरिकता
लिएको आधुनिक भौतिक विज्ञानका जन्मदाताको रुपमा चिनिने अल्र्वट आइन्सटाइनका
केही महत्वपूर्ण आविष्कार तथा अनुसन्धानहरु यस प्रकार छन् :-
आइन्स्टाइनका
प्रमुख अनुसन्धानहरु यसप्रकार छन्
** अन्तरिक्ष समय र गुरुत्वकार्षणको
सिद्धान्त ,
** Theory of Relativity (सन्
१९०५ र General Theory
of Relativity (सन् १९१५मा ) को प्रतिपादन,
** सापेक्षता (उर्जा) को सिद्धान्तसँग
सम्बन्धित सुत्र E=mc2
प्रतिपादन ,
जहाँ, E= Energy (शक्ति)
m= mass (पिण्ड)
र C= प्रकाशको
गति
E= mc2 सुत्रकै आधारमा सन् १९४३ मा परमाणु बम
आविष्कार ।
सापेक्षता भन्नाले एक
बस्तुको गतिले अर्को बस्तुको गतिमा देखा पर्ने असर हो ।
म्याडम
म्यारी क्युरी (Madam Marie Curie)
वाल्यकालीन नाम
मारीया स्कलोदोस्का रहेकी सन् १८६७ नोभेम्बर ७ मा पोल्याण्डको राजधानी वार्सामा
जन्मेकी म्याडम क्युरीले १६ वर्षकै उमेरमा माध्यामिक शिक्षा पूरा गर्दा
स्वर्ण पदक प्राप्त गरेकी थिइन् । सन् १८९५ जुलाई २५ मा पियरे क्युरी
सँग विवाह गरेकी क्युरी परिवारमा ४ जना( आपैंm –२ पटक , पति – १ पटक, छोरी
–१
पटक र ज्वाई – १
पटक ) ले गरी ५ पटक नोबेल पुरस्कार प्राप्त गरी नोबेल पुरस्कार धेरै पटक प्राप्त
गर्ने परिवार समेत बनेको थियो । रेडियमको आविष्कार गर्ने पियरे दम्पत्ति
लाई सन् १९०३ मा रसायनशास्त्रको विधामा हेनरी वेक्वरेलका साथ संयुक्त
रुपमा नोबेल पुरस्कार प्रदान गरिएको थियो ।
उनले शुद्ध
रेडियमलाई धातु अवस्थामा निकाल्न सक्षम हुनुको अतिरिक्त सन् १९११ मा म्याडम
क्युरीलाई रेडियम र पोलोनियम पत्ता लगाउनुका साथै शुद्ध रेडियम निकाल्न
सक्षम भएकोमा दोस्रो पटक रसायन शास्त्रको विधामा नोबेल पुरस्कार प्रदान
गरियो । सन् १९०६ मा पति पियर क्यूरिको सडक दुर्घटनामा निधन भएपनि खोज
अनुसन्धान मा लागि पर्दै दोस्रो पटक नोबेल पुरस्कार पाएकी म्याडम क्युरीको
क्यान्सरका कारण सन् १९३४ मा मृत्यु हुनुअघि १५ वटा स्वर्णपदक र १९
वटा डिग्रीहरु प्राप्त गरेकी थिइन । उनको मृत्युपछि कृत्रिम रेडियो धर्मी
पत्ता लगाए वापत सन् १९३५ मा रसायन शास्त्र तर्फको नोबेल पुरस्कार संयुक्त
रुपमा प्रदान गरिएको थियो ।
सिग्मण्ड
फ्रायड (Sigmund
Freud)
व्यक्तिको चेतन, अर्धचेतन, अवचेतन, निन्द्रा, निरासा
दैनिक जीवनमा व्यक्तिको व्यवहार र त्यसको कारण बारे व्याख्या गर्नुका
साथै मानसिक उपचारमा विश्व विख्यात बनेका अष्ट्रेलियन मनोविश्लेषक सिग्मण्ड
फ्रायडको जन्म सन् १८५६ मा भएको थियो । सपना विश्लेषण सिद्धान्तलाई
यिनको महत्वपूर्ण खोज मानिन्छ भने मानसिक उपचारको क्रममा मानिसको कुनै
व्यवहार देखा पर्नुमा कुनै कारण रहेको हुने र त्यो कारण सम्बन्धित व्यक्तिको
अचेतन मनमा रहेको हुने कुरा उनको महत्वपूर्ण सिद्धान्त हो । उनका केहि
महत्वपूर्ण रचनाहरु यसप्रकार रहेका छन् :-
** अनकन्सस् माइण्ड
** साइको सेक्सुअल डेभलपमेन्ट
** लिविडो एण्ड डेथ ड्राइभ
** फ्राइड एण्ड रिलिजन
** स्टडिज अन हिस्टोरिया (सन् १८९५)
** इन्टरप्रेटेसन अफ ड्रिम्स (सन् १८९९)
** साइको प्याथोलोजी अफ एभ्रिडे लाइफ (सन्
१९०१)
** थ्री एस्सेज अफ द थ्योरी अफ सेक्सुआलिटी
(सन् १९०५)
** टोटेम एण्ड टाबु (सन् १९१३)
** अन नार्सिसिज्म (सन् १९१४)
** इन्ट्रोडक्सन अफ साइको अनालाइसिस
गुग्लिल्मो
मार्कोनी (Guglielmo
Marconi)
"Everyday sees humanity more Victorians in the struggle
with space & time" भन्ने भनाई राख्ने रेडियोका
आविष्कारका प्रशिद्ध वैज्ञानिक गुग्लिल्मो मार्कोनीको जन्म १८७४ अप्रिल
२५ मा इटालीको बोलोग्नामा भएको थियो । बाबु Giuseppe Marconi र आमा Annie Marconi को
पुत्रको रुपमा जन्मेका मार्कोनी किशोवस्थादेखि नै भौतिक तथा
विद्युत विज्ञानप्रति चाख भएर नै निरन्तर खोज र अनुसन्धानमा लागी पर्दै सन्
१८९४ मा बिना तारको सहायतामा ३० फुट पर राखिएको घण्टी मोर्स कोड अड्याइएर
टेलिग्राफ बनाउन सफल हुँदै बेतारद्वारा समाचार सम्प्रेषण गर्ने प्रथम
व्यक्ति बनी सन् १९०९ मा जर्मन वैज्ञानिक फर्निनाड ब्रामिनसँगै संयुक्त
रुपमा भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार बिजेता बने । यसका अतिरिक्त
उनी सन् १९१९ मा इटालियन सैनिकको तर्फबाट सर्वोच्च सैनिक पदक, इटालियन
राजाको तर्फबाट ग्राण्ड क्रस अफ द अर्डर, बेलायतबाट नाइट ग्राण्ड क्रस
अफ रोएल भिक्टोरियन अर्डरजस्ता पदकबाट सम्मानित हुनुको साथै सन् १९१४ मा
इटालीको सिनेट सदस्य समेत बनाइयो । सन् १९३७ जुलाई २० मा मृत्यु नहुन्जेल
सम्म वैज्ञानिक खोज अनुसन्धानमा तल्लिन वैज्ञानिक गुग्लिल्मो मार्कोनीको
सूर्यको प्रकाशको असर चुम्बकीय मापन यन्त्र पत्ता लगाएका थिए । आकाशवाणी, कम्प्युटर
पनि उनकै आविस्कारको देन हो ।
लुई
पास्चर ( Louis
Pasteur)
"Do
not put forward anything that you cannot prove by experimentation" भन्ने
महान् भनाई राख्ने वैज्ञानिक लुई पाश्चरको जन्म २७ डिसेम्बर १८२२ मा फ्रान्सको
डोलजरामा भएका लुई पास्चरका ५ सन्तानहरु मध्ये ३ सन्तानहरु सरुवा रोगबाट
निधन भएपछि सरुवा रोगकै अनुसन्धान गरी निदानका उपाय खोज्ने क्रममा विभिन्न
रोगका विरुद्ध खोपको आविश्कार गरेका थिए । सन् १८९५ मा मृत्यु भएका पाश्चरले
आफ्नो ७३ वर्षे कार्यकालमा गरेका अध्ययन अनुसन्धानका क्षेत्रहरु यस
प्रकार छन्:
** तरल पदार्थमा उत्पन्न हुने जीवाणुहरु
मार्ने पद्धतिसँग सम्बन्धित विधि–पाश्चराइजेसन पद्धतिको आविष्कार,
** रेशम कीराको रोगको नियन्त्रण, ठेउला, हैजा, रेविज, क्षयरोग
(TB) जस्ता
संक्रामक रोग विरुद्धका खोपको आविष्कार
** अक्सिजन विनाको श्वासप्रश्वासको रुप formentation प्रकृयाको
आधारमा Germ
theory को विकास,
** Chemistry, crystallography, optics तथा
molecular
symmetry जस्ता विधाहरुलाई संयोजन गरी Stereochemistry विधाको विकास
सन् १८६१ मा ७० वर्ष
उमेर आसपास भिक्टोरिया प्रदान गरिएका पाश्चरको निधन १८९५ सेप्टेम्बर २८ मा भएको
थियो ।
थोमस एल्वा
एडिसन (Thomas
Alva Edison)
'Genius is one percent inspiration & 99 percent
perspiration" भन्ने प्रशिद्ध भनाई राख्ने हजारौं आविश्कारका
पिता (झण्डै १०९३ वटा वस्तुहरुको आविश्कार गरेका) “वैज्ञानिकहरुका पनि वैज्ञानिक” भनेर
समेत चिनिने थोमस एल्भा एडिसनको जन्म १८४७ फेब्रुअरी ११ मा अमेरिका को ओहायो
राज्यको भिलानमा पिता स्यामुइल एडिसन र माता नान्सीइली ओट एडिसनका
पुत्रको रुपमा जन्मेका थिए । ७ वर्षको हुँदा पढ्न भर्ना गरिएकोमा पढ्ने छाँट
नदेखिएपछि ३ महिना भर्ना अवधिमा विद्यालयबाट निकालिइका थोमस १० वर्षकै
उमेरमा रेलभित्र पत्रिका बेच्ने काम शुरु गरी घरमै प्रयोगशाला चलाउन शुरु
गरे । सन् १८६१ विश्वमै पहिलो पटक रेलमै छापेर विक्री गरेको Grand Trunk Herald नामक
पत्रिका विश्वकै पहिलो
थियो । आफ्नो नाम आफैं भुल्ने भनिइको यस्तो महान् वैज्ञानिक
एंव आविष्कारक
थोमस एल्वा एडिसन लाई सन् १९०४ मा भौतिकशास्त्र विषयमा नोबेल
पुरस्कार
प्रदान गरिएको थियो । उनको मृत्यु अमेरिकाको न्यूजर्सिमा १९३१
अक्टुबर १८
मा ८४ वर्षको उमेरमा भएको थियो । उनले गरेको आविश्कारको सम्मान
स्वरुप सन्
१९३१ अक्टुबर २१ मा अमेरिका र क्यानाडाभरी १ मीनेट बत्ति
निभाउने काम भएको
थियो । उनका जीवन कालमा भएका केही महत्वपूर्ण आविश्कारहरुका
नाम यस प्रकार
छन् :-
** टेलिग्राफको आविष्कार (सन् १८६८ मा)
** सन् १८६९ मा मत गणनायन्त्रको आविष्कार,
** सन् १८७७ मा ग्रामोफोनको आविष्कार,
** चलचित्र, क्यामेरा र projector को
आविष्कार,
** आधुनिक टेलिफोन (अलेक्जेण्डर ग्राहम
बेलको टेलिफोन सेट प्रणाली परिमार्जन) प्रविधिको विकास गरी Hellow शब्दको
शुरुवात भएको ,
** विजुलि चिमको आविष्कार (सन् १८७९ मा), विद्युतबाट
चल्ने पेन (मेमोग्राफ) को आविष्कार
धन्वन्तरी
आर्युर्वेदशास्त्र
प्रणेताको रुपमा
चिनिने धनवन्तरीलाई देवी देवताका समेत चिकित्सक मानिन्छन् ।
आयुर्वेदका
सर्जरीका पिता मानिने सश्रुतलाई विष्णुका अवतार मानिने
धनवन्तरीले शारीरिक
चिरफार सम्बन्धी विषय पढाएका थिए ।
चरक
धन्वन्तरीको आर्युवेद
चिकित्सालाई अगाडि
बढाउने चरकलाई पूर्वी हिन्दु चिकित्सा प्रणालीका पिता पनि
मानिन्छन् ।
इसापूर्व तेस्रो शताब्दीका हिन्दु चिकित्साशास्त्री चरकले रचना
गरेको चरक
सहितामा मानव शरीर रचना, रोग को पहिचान र उपचार र भ्रुण रचना
बारे उल्लेख
गरिएको छ ।
अल्फ्रेड
बर्नहार्ड नोबेल
डाइनामाइटका आविष्कारका
स्वीडिस इन्जिनियर तथा रसायनविद अल्फ्रेड वर्नहार्ड नोबेल यहि विष्पोटक
पदार्थको बिक्रीबाट अपार सम्पत्तिको मालिक बन्न पुगी नोबेल पुरस्कारका
लागि १० लाख स्टर्लिङ्ग पाउण्डको कोष खडा गरिदिए । त्यसै कोष व्याज
बाट सन् १९०१ देखि ५ विधामा दिइदै आएको नोबेल पुरस्कार सन् १९६९ मा एक
विधा अर्थशास्त्र,
चिकित्साशास्त्र, शान्ति, साहित्य र अर्थशास्त्र मा नोबेल
पुरस्कार का लागि कोष खडा गर्ने व्यक्ति यिनै थिए ।
अलेक्जेण्डर
फ्लेमिङ्ग
पेन्सिलिनका आविष्कारक
(सन्१९२८)ब्रिटिश जिवाणुविद अलेक्जेण्डर फ्लेमिङ्गलाई सन् १९०० मा
चिकित्साशास्त्र विधातर्फ नोबेल पुरस्कारबाट सम्मानित गरिनुको अतिरिक्त विश्व
प्रशिद्ध पत्रिका टाइम्ले २० औं शताब्दीका १०० महत्वपूर्ण व्यक्तिमध्येको
एक घोषणा गरेको थियो ।
जगदीशचन्द्र
बोश
वायोलोजी, फिजिक्स, बायोफिजिक्स, बोटानिक, आर्कियोलिजीका
विधामा दक्ष भारतीय वनस्पतिविद हुन जगदीश चन्द्र बोश
। रुख विरुवाहरुमा समेत जीवन,
चेतना र स्नायु प्रणाली छ भनी सिद्ध गर्ने
वोशले वनस्पतिको विकासक्रम नाप्ने क्रेस्कोग्राफको आविस्कार गर्नुको अतिरित्तल
केस्कोग्राफ प्लान्ट साइन्स,
मिलीमिटर वेभ्स रेडियो समेत यिनैका खोजका
बाबजुद प्रकाशमा आएका थिए ।
डा.
क्रिश्चियन निथलिङ्ग बनार्ड
"Doctor
of Heart" समेत भनिने सन् १९२२ मा दक्षिण
अफ्रिकाको केप प्रोभिन्समा जन्मेका मेडिकल सर्जन डा.क्रिश्चियन
निथलिङ्ग बनार्ड अन्यत्र सफल रुपमा परीक्षण भैसकेको किड्नी
ट्रान्सप्लान्टको काम सन् १९६७ मा दक्षिण अफ्रिकामा पहिलो
पटक गरेका थिए । सन् १९६७ को डिसेम्वर महिनामै पहिलो पटक एक मानिसको मुटु
अर्को व्यक्तिमा प्रत्यारोपन गर्ने काम भाई डा.मरिहस बनार्ड लगायतको ३०
जनाको टोलीले ९ घण्टामा पूरा गरेको थियो ।
Stephen William Hawkins
गणित, भौतिकशास्त्र र खगोल विज्ञानमा गहन रुची
राख्ने विश्वका महान
भौतिकशास्त्री स्टेफेन हकिन्सको जन्म १९४२ जनवरी ८ मा
इङ्गल्याण्डस्थित
अक्सफोर्डमा भएको थियो , विद्यार्थी अवस्थाको २१ वर्षकै उमेरमा ALS (अमाइट्रिक
ल्याटेरल स्कलोरोसिस) रोगका कारण हिडंडुल गर्न नसक्ने भई ह्विल चियरमा
खुम्चिन बाध्य हकिन्सले Big
Bang / Black hole बारे नँया विषय प्रस्तुत
गरिएको ब्रम्हाण्ड सम्बन्धी पुस्तक "A brief History of time" सन् १९८८
मा प्रकाशित भएको थियो । पहिला सर आइज्याक न्युटनले समालेको क्याम्ब्रिज
विश्वविधालयको गणित विषयको प्राध्यापकमा कार्यरत रहँदै सोहि विश्व
विद्यालयको Center
of theoretical cosmology का निर्देशक रहेका विभिन्न
१२ विद्यामा मानार्थ डिग्री प्राप्त हक्किन्सलाई अमेरिकाले सन् २००९
मा विशिष्ट नागरिकको सम्मान " Presidential Model of Freedom" प्रदान
गरेको छ ।
No comments:
Post a Comment