Sunday, February 22, 2015

सामाजिक भूगोल

सामाजिक भूगोल

सामाजिक भूगोल

सामाजिक भूगोल अन्तर्गत समाजका अंग मानिस, मानिसका गतिविधि शहरीकरण, बसाइसराइ, प्रचलित धर्म, जातजाति, भाषाभाषी र संस्कृतिको अध्ययन गर्न सकिन्छ । 
जनसंख्या:
    विश्व जनसंख्याको बारेमा ऐतिहासिक तथ्य तथा प्रमाणहरू ठोस रूपमा प्राप्त गर्न सकिएको पाइदैन । त्यसो हुनुका कारणहरूमा व्यवस्थित रूपले जनगणना हुन नसक्नु, एकै समयमा जनगणना हुन नसक्नु, भाषागत समस्या तथा विभिन्न युद्ध र उथलपुथलका कारण प्रमाण मेटिनु आदि छन् ।  इशापूर्व २०३० मा इजरायलको जेरुसेलम क्षेत्रबाट जनगणना प्रारम्भ भएको मानिन्छ । यसपछि इशापूर्व ४८० मा रोमनमा, ४३५ मा ग्रीसमा जनगणना गरिएको इतिहास पाइन्छ । आधुनिक जनगणनाको सुरुवात भने सन् १६५० मा बेलायतबाट भएको मानिन्छ भने त्यसपछि अमेरिकाले सन् १७९० मा, भारतले सन् १८८१ मा , फ्रान्सले सन् १८०१ मा, नेपालमा भने वि.सं. १९६८ (सन् १९११) बाट जनगणना प्रारम्भ भएको हो ।
    इश्वी सम्वतको सुरुवातमा विश्व जनसंख्या २५ करोड भएको अनुमान गरिन्छ । सन् १६५० मा ५० करोडमात्र (०.१ प्रतिशत वृद्धि) पुगेको र अठारौं शताब्दीको पूर्वार्द्धबाट आर्थिक, सामाजिक, राजनैतिक तथा औद्योगिक क्रान्ति गरेकाले औसत आयु वृद्धि भई जनसंख्या वृद्धि तीव्र भएको पाइन्छ । यस अनुरूप सन् १८०४ मा करिब १ अरब, सन् १९२७ मा करिब २ अरब, (वृद्धि १.०७५) सन् १९६० मा करिब ३ अरब (वृद्धि १.८६५) सन् १९७४ मा ४ अरब (२.०३५) सन् १९८७ मा १.६५ सन् १९९९ मा १.५५ वृद्धि भई ६ अरब पुगेको, सन् २००० मा ६ अरब ६ करोड (वृद्धिदर १.४५) र सन् २००६मा विश्व जनसंख्या ६ अरब ५० करोड र सन् २०१० मा ७ अरब नाघेको अनुमान गरिएको छ । 
विश्व जनसंख्या वृद्धिलाई आधार मान्दा समग्र राष्ट्रलाई ४ भागमा बाँडेर अध्ययन गरिन्छ ।
           जन्मदर तथा मृत्युदर दुवै उच्च रहेका देश जहाँ जनसंख्या वृद्धिदर न्यून छ 
           जन्मदर उच्च र मृत्युदर न्यून भएका देश जहाँ जनसंख्या वृद्धिदर उच्च छ । 
           जन्मदर र मृत्युदर घटिरहेका देश जहाँ जनसंख्या वृद्धि सामान्य छ 
           जन्मदर कम र मृत्युदर बढी रहेका देश जहाँ जनसंख्या वृद्धि ऋणात्मक छ ।
यसप्रकारको प्रवृत्तिमा अविकसित मुलुकमा जन्म तथा मृत्युदर उच्च रहेको, विकासशील देशमा जन्मदरको तुलनामा मृत्युदर बढी दरमा घटीरहेको हुँदा वृद्धि ज्यादा छ र विकसित देशमा जन्मदरको तुलनामा मृत्युदर बढी भएको अर्थात् जन्मदर ऋणात्मक रहेको पाइन्छ । 
जनसंख्या वितरणमा प्रभाव पार्ने तत्वहरू 
विश्वमा जनसंख्या वितरण समान रूपमा भएको पाइदैन । त्यसलाई प्रभाव पार्ने विभिन्न तत्वहरू रहेका हुन्छन् । त्यस्ता तत्वहरूमा
क.        भौतिक तत्वभूआकृति, हावापानी, माटो, खनिजपदार्थ, अवस्थिति आदि । 
ख.        आर्थिक तत्वकृषि तथा पशुपालन क्षेत्र, औद्योगिक व्यवसायको विकासको स्तर, व्यापारिक व्यवसायको स्तर आदि । 
ग.         ऐतिहासिक तत्वधार्मिक पुरातात्विक महत्वका क्षेत्र जस्तैः मक्का मदिना, वनारस, कायरो आदि 
घ.         सामाजिक तत्वजनसंख्याको आकार आप्रवाह सम्बन्धी सरकारी नीति आदि
माथि उल्लेख भएका तत्वहरू अनुकूल स्थानमा जनसंख्या बढी र प्रतिकूल स्थानमा कम भएको पाइन्छ । भौगोलिक क्षेत्र अनुसार जनसंख्याको वितरणलाई हेर्दा पृथ्वीको ५ प्रतिशत भूभागमा लगभग ५० प्रतिशत मानिस बसोबास गर्दछन् भने करिब ५७ प्रतिशत भूभागमा ५ प्रतिशत भन्दा कम जनसंख्या बसोबास गरेको पाइन्छ । उत्तरी गोलाद्र्धमा करिब ९० प्रतिशत मानिस र दक्षिणी गोलार्द्धमा १० प्रतिशत भन्दा कम मानिसहरू बसोबास गर्दछन् । सन् २००५ को तथ्याङ्कलाई हेर्दा महादेशहरूको जनसंख्या र क्षेत्रफल निम्नानुसार छ ।
महादेश
क्षेत्रफल प्रतिशत
जनसंख्या प्रतिशत
जनघनत्व
एसिया
२३.६८
६०.५२
३२०
अफ्रिका
२२.५९
१३.९८
७७
युरोप
१७.१४
११.२८
८२
द. अमेरिका (क्यारेवियन क्षेत्र)
१५.३४
८. ६३
७०
उत्तर अमेरिका
१४.८७
५.०८
४३
ओसेनिया
६.३८
०.५१   
१०
                                                                                                                                                                                                                                                                                               
   विश्वमा देशगत रूपमा हेर्दा जनसंख्या बढी भएका मुलुकहरूमा क्रमशः चीन, भारत, अमेरिका, इण्डोनेशिया, ब्राजील, पाकिस्तान, बंगलादेश, रसिया  र नाइजेरिया हुन् । 
अधिकतम जनसंख्या भएका क्षेत्रहरूमा
           दक्षिण तथा दक्षिणपूर्वी एसिया 
           उत्तर पश्चिम युरोप 
           उत्तर पूर्वी एङ्लो अमेरिका
न्यून जनसंख्या भएका क्षेत्रहरूमा
           शीत प्रदेश 
           भूमध्य रेखीय क्षेत्र र 
           मरुस्थलीय क्षेत्र रहेका छन् 
बसाइसराइ 
जनसंख्या गतिशील तत्व भएकाले परिवर्तन भइरहन्छ । जनसंख्याशास्त्री David Heer ले मानिसले आफ्नो साबिकको वासस्थानलाई छाडेर अन्यत्र स्थानान्तरण हुने क्रियालाई बसाइसराई  भनेका छन् । 
बसाइँसराइलाई विभिन्न प्रकारमा विभाजन गर्ने गरेको पाइन्छ । 
क. समयको आधारमाअस्थायी, अर्धअस्थायी, स्थायी, मौसमी बसाइँसराई 
ख. भौगोलिक क्षेत्रको आधारमाअन्तः प्रदेशीय र अन्तर प्रदेशीय बसाइसराई 
ग. बसोबासको आधारमागाउँबाट गाउँमा हुने, शहरबाट शहरमा हुने, शहरबाट गाउँमा हुने र गाउँबाट शहरमा हुने बसाइसराई
घ. वैधानिकताको आधारमावैधानिक, अवैधानिक र शरणार्थी बसाइसराई
ङ. चाहनाको आधारमाबाध्यात्मक र स्वैच्छिक बसाइसराई 
च. देशको आधारमाआन्तरिक र अन्तर्राष्ट्रिय बसाइसराईबसाइसराई गर्नुपर्ने तत्वहरूमा मानिसलाई आकर्षण गर्ने (Pull Factors) र विकषर्ण गर्ने (Push factor) हरू निम्न छन् । आर्थिक तत्व, भौगोलिक तत्व, सामाजिक तत्व, जनसांख्यिक तत्व, राजनैतिक तत्व आदि । बसाइसराइबाट विश्व जनसंख्यामा विभिन्न परिवर्तनहरू देखिएका पाइन्छन् । ती परिवर्तनहरूले विभिन्न प्रभावहरू पारेका छन् । ती प्रभावहरूमा
           प्राकृतिक वातावरणको ह्रास 
           खाद्यान्नको अभाव 
           स्वास्थ्य वातावरण र शान्ति व्यवस्थामा असन्तुलन 
           आवास तथा शिक्षा 
           बेरोजगारी 
           पारिस्थितिक पद्धतिमा समस्या आदि
विश्वका मुख्य मुख्य मानव जातिहरू 
विश्वका विभिन्न क्षेत्रहरूमा खास खास जातिका मानिसहरूको उद्गम स्थल रहेको मानिन्छ । यसलाई भौगोलिक क्षेत्रहरूको आधारमा निम्न भागमा विभाजन गरी अध्ययन गरिएको पाइन्छ ।
(क)       भूमध्य रेखीय क्षेत्र
     भूमध्ये रेखीय क्षेत्रहरूमा बाक्लो जंगल , अत्याधिक वर्षा, उच्च तापक्रम, विभिन्न किसिमका विषालु जीवजन्तुले मानव जीवनमा प्रतिकूल प्रभाव परेको हुन्छ । यस क्षेत्रमा बाक्लो जंगल पाइने हुनाले प्रशस्त मात्रामा जंगली जीव जन्तु पाइन्छन् । दलदले जमिन र ओसिलो क्षेत्रहरूमा जंगली हात्ती, गैंडा, अर्ना, चितुवा, जंगली सुँगुर, रुखमा बस्ने बाँदरहरू, विषालु जानका किरा, माकुरा , सर्प आदि पनि पाइन्छन् । यो क्षेत्र जैविक हिसाबले सम्पन्न क्षेत्र रहेको छ । यस क्षेत्रमा बसोबास गर्ने मुख्य जातिहरू यसप्रकार छन् ।
I.          पिग्मी (Pygmy)
 यो जाति अफ्रिकाको कंगो वेंसी क्षेत्रमा पाइन्छ । यो क्षेत्र भूमध्यरेखादेखि ३ डिग्री अक्षांश भित्र पर्दछ । अफ्रिकाको ग्यावोन र पूर्वी युगाण्डा सम्म र दक्षिणपूर्वी एसियाको फिलिपिन्सको आमेस वन क्षेत्र र न्यूगिनीको वनमा यो जाति पाइन्छ । होचो कद, मोटा ओठ, कालो वर्ण, चेप्टो नाक, घुम्रिएको कपाल र साना आँखा यिनीहरूको शारीरिक विशेषता हो । शरीरको माथिल्लो भाग नाङ्गै राख्ने र कम्मरमुनि पातलो कपडा लगाउँछन् र फिरन्ते प्रकृतिको जीवन अपनाउँछन् । 
II.         बोरो (Boro) :
दक्षिण अमेरिकाको अमेजन मैदानमा मुख्य बसोबास गर्ने यो जाति पिछडिएको मानिन्छ । काठका औजारहरुको बढी प्रयोग गर्दे कृषि कार्यमा संलग्न यो जाति संख्यामा त्यति धेरै छैन ।
III.        सेमाङ (Semang):
यो जातिको मुख्य बसोबास मलेसियाको मलाया द्वीपमा रहेको छ । यो जाति पनि पिछडिएको र कम संख्यामा नै रहेको छ ।
भू मध्य रेखाको यस क्षेत्रमा प्रायजसो मानिसहरुको पेशा शिकार गर्नु हो । फिरन्ते जीवन पद्धति र कन्दमूल ÷जडिवुटी संकलन गर्दै माछा मार्ने व्यवसाय समेत गर्दछन् ।
ख)  उष्ण मरुस्थलीय क्षेत्र
विश्वको करिव १ तिहाई भाग ओगट्ने यस क्षेत्रको विशेषता अत्यधिक तापक्रम, वालुवामय जमिन, कम वर्षा हुन् । अफ्रिकाको सहारा र कालाहारी, एसियाको अरब र थार, अष्ट्रेलियाको मध्यवर्ती क्षेत्र, सं.रा अमेरिकाको एरिजोना, दक्षिण अमेरिकाको एटाकामा मरुभूमि यस क्षेत्रमा पर्दछन् । गृष्म ऋतुमा ४० डिग्री औसत तापक्रम, वर्षा कम, (कहिले काँही ३ ४ वर्ष सम्म पनि पानी नपर्ने) हुन्छ । यहाँका प्रमुख वनस्पतिहरुमा काँडेदारझाडी, घाँस, खजुर, ववुल, ताड आदि छन् । उँट, खरायो, जेब्रा, चमेरा मुसा आदि यहाँका जीवजन्तु हुन् । यहाँ पाईने मुख्य जातिहरु निम्न छन् :
I.          वुसमेन (Bushmen)
 अफ्रिकाको कालाहारी मरुभूमि मुख्य बसोबास रहेको यो जातिले मुख्यतः जंगली जीवजन्तुको शिकार गर्दछन् । झुपडी, खाडल, गुफा आदिमा बसोबास गर्ने यो जातिले लगौटी मात्र लगाँउछन्, कहिल्यै नुँहाउँदैनन्, जंगली जनावरका मासु कन्दमूल, फलफूल आदि खान्छन् ।
II.         बडविन (Badawin)
 मुख्यतः अरब मरुभूमिमा बसोबास गर्ने यो जातिको मुख्य पेशा पशुपालन हो । छालाका तम्वुहरु बनाएर बस्छन । हाल यो क्षेत्रमा खनिज तेलको उत्खननले यहाँका मानिसको जीवनशैली फेरिएको छ । मध्य अष्ट्रेलियामा पनि सुन र अन्य खनिज पाइने भएकाले परिवर्तन तीव्र गतिमा भएको छ भने दक्षिण अफ्रिकाका आदिवासीमा भने त्यत्रो परिवर्तन भएको पाइदैन ।
ग) शीत मरुस्थलीय क्षेत्र
 उत्तरी र दक्षिणी गोलार्द्धका धु्रवीय क्षेत्रहरुमा लामो समय ठण्डा र छोटो समय मात्र न्यानो हुन्छ । उत्तर अमेरिकाको अलास्का र  क्यानडाको उत्तरीक्षेत्र ग्रीनल्याण्ड टापु, युरोप र एसियाका उत्तरी भाग यसमा पर्दछ । यस क्षेत्रमा पाइने जीवजन्तुमा हिमाली भालु र माछा एवं रेण्डियर जातको जनावर मुख्य हुन् । यस भागमा पाइने मुख्य जातिहरु निम्न छन् :
(i)         एस्किमो (Eskimo)क्यानडाको उत्तरी भाग तथा ग्रीनल्याण्ड र  रुसको साइवेरिया क्षेत्रमा यो जाति पाइन्छ । प्रमुख पेशा शिकार खेल्नु हो । मध्यम कदका, पहेँलो वर्ण र नाक चेप्टो हुन्छ । मध्य एसियामा उत्पत्ति भएको यस जातिलाई मंगोलियन पनि भनिन्छ । चिसोबाट बच्न यिनीहरुले हिउँलाई खनेर  बनाएको गुफालाई इग्लु (क्ष्नयियय) भन्दछन् । यिनीहरु मनोरन्जनको लागि कुस्ती खेल्ने, तास खेल्ने गर्दछन् । 
(ii)        ल्याप्स (Laps)नर्वे, फिनल्याण्ड, स्वीडेन आदि मुलुकमा बसोबास गर्ने यो जातिको उचाइ कम, पहेँलो वर्ण, चेप्टो नाक रहेको हुन्छ । यिनीहरुको उद्गम स्थल पूर्वी साइबेरिया मानिन्छ ।
विश्वका प्रमुख धर्महरुः
(१)       हिन्दू धर्म
           हिन्दू धर्म विश्वको प्राचीन धर्म मानिन्छ । 
           यस धर्मका संस्थापक कुनै एक व्यक्ति वा संस्था नभई यसको विकासमा लाखौं व्यक्ति वा संस्थाहरूको ठूलो योगदान छ । 
           हिन्दू धर्मका मुख्य पुस्तकहरू वेद, रामायण, महाभारत, उपनिषद्, पुराण आदि हुन् । 
           यस धर्मअनुसार ३३ कोटी देवी देवता हुन्छन् भने पनि गणेश, सूर्य, देवी, विष्णु, शंकर प्रमुख देवता मानिन्छन् । 
           हिन्दू देवी देवताको स्थापना गरिएको मन्दिर नै हिन्दूहरूका धार्मिकस्थल हुन् । 
           अर्काको उपकार गर्नु धर्म हो, अर्कालाई दुःख दिनु पाप हो भन्ने हिन्दू धर्मको सार हो । 
           हिन्दू धर्मावलम्बीहरूले जनैपूर्णिमा, दशैं, तिहार, माघेसक्रान्ती आदि जस्ता मुख्य चाड पर्वहरू मनाउँछन् ।
(२) बौद्ध धर्म
           शेर्पा, तामाङ्ग, गुरुङ्ग, थकाली जस्ता मंगोलियन जातिहरूले अबलम्बन गर्ने धर्मलाई बौद्ध धर्म  भनिन्छ ।
           नेपालको लुम्बिनीमा जन्मिएका भगवान बुद्ध नै यस धर्मका संस्थापक हुन् । 
           बौद्ध धर्मको धार्मिक ग्रन्थ त्रिपिटकहो भने पूजास्थललाई बिहार, स्तुप वा मठ भनिन्छ । 
           ज्ञान सत्कर्म र अहिंसामा विश्वास गर्ने, जातीय भेदभावलाई नमान्ने, बौद्ध धर्मलाई युगसापेक्ष वैज्ञानिक धर्म मानिन्छ ।
           यो समुदायले बुद्ध जयन्ती, ल्होसार जस्ता मुख्य चाडपर्वहरू मनाउँछन् । 
           नेपालमा हिन्दूपछि बौद्ध धर्मावलम्वीहरूको संख्या बढी छ ।
(३) इस्लाम धर्म
           यस धर्मका संस्थापक पैगम्बर महमद हुन ।
           मुसलमान समुदायले मनाउने धर्म हो ।
           कुरान पाक’ ‘कुरान सरिकप्रमुख ग्रन्थ छन् । 
           पुजा स्थललाई मस्जिदभनिन्छ । 
           एक मात्र इश्वर अल्लाहलाई मानिन्छ । 
           गरिवलाई अनिवार्य रूपमा दान दिनु पर्ने धर्मको सार हो । 
           नारीको दयनीय स्थान र धार्मिक कट्टारता  यो धर्मको कमजोरी हो ।
(४) शिख धर्म 
           शिखहरूका आराध्य देवता गुरु नानकले स्थापना गरेको सम्पूर्ण शिख समुदायहरूले मान्ने धर्म नै शिख धर्म हो । 
           शिख धर्मको धार्मिक ग्रन्थलाई गुरु ग्रन्थ सहीव भनिन्छ भने पूजा स्थाललाई मस्जिद भनिन्छ । 
           पहिलो शिख मन्दिर भारतको प्रतापपुरमा निर्माण गरिएको थियो ।
           यो धर्ममा अहिंसा, सत्कार्य, परोपकारलाई सारको रूपमा लिइन्छ । 
(५) इसाई धर्म 
           जेरुसेलममा जन्मेका इसामसिंह जिसस क्राइस्टलाई इसाई धर्मका प्रवर्तक मानिन्छ । 
           यो धर्मलाई क्रिस्चियन धर्मको रूपमा पनि चिनिन्छ ।
           क्रिस्चियन समुदायले मान्ने धर्मनै इसाई धर्म हो । 
           यस धर्मको धार्मिक ग्रन्थलाई '‘बाइबल' र पूजास्थललाई चर्चभनिन्छ । 
           यस धर्मले लोभ गर्न नहुने र आफूलाई दीनहीन तथा दास सम्झन नहुने कुरामा जोड दिन्छ ।
           यो धर्मावलम्बीहरूले क्रिसमस डे लाई महत्वका साथ मनाउँछन् ।
(६) यहुदी धर्म 
           मेसोपोटामियामा जन्मेका हजरत मुसा यहुदी धर्मका संस्थापक मानिन्छन् । 
           यस धर्मको धार्मिक ग्रन्थ कैवालाहो भने धार्मिक स्थललाई अग्नि मन्दिर भनिन्छ । सनाहा पर्व मनाउँछन् ।
           यिनीहरू नयाँ वर्षको उपलक्ष्यमा रोश हा 
           यो धर्मले प्रेम, दया, न्याय, सदाचार, परोपकार, दीनदुखी अशक्तहरूको सेवा ईश्वरप्रति आस्थावान हुने प्रेरणा दिन्छ । 
(७) जैन धर्म
           भारतको बैशालीमा जन्मिएका महावीर जैन नै जैन धर्मका प्रवर्तक हुन् । 
           जैनहरूको मन्दिरलाई जैन मन्दिर र धर्म ग्रन्थलाई वचनामृत भनिन्छ ।
           महावीर जैनलाई जैन धर्मका अन्तिम तीर्थकर मानिन्छ । 
           पवित्रता सच्चरित्रता र अहिंसालाई यो धर्मले विशेष जोड दिएको छ ।
           यिनिहरूको पूजास्थललाई अग्नी मन्दिर भनिन्छ ।
आवास/ वस्ती विकास 
मानव बस्तीलाई यसका विशेषता तथा व्यवसायिक भिन्नताको आधारमा दुई भागमा विभाजन गर्न सकिन्छ । 
(१)       ग्रामीण बस्ती (Rural Settlement) 
प्राथमिक कार्यमा आधारित भएको मानव जाति निवास गर्ने सांस्कृतिक स्वरूपलाई ग्रामीण बस्ती भनिन्छ । प्रायः कृषि र पशुपालन व्यवसाय अपनाइने हुँदा ग्रामीण वस्तीहरू पूर्ण व्यवसायिक नभई केवल आश्रयस्थलका रूपमा चिनिन्छन् । ग्रामीण वस्तीहरूलाई विभिन्न आधारमा विभाजन गरी अध्ययन गरिन्छ । 
(क) विस्तृतताको आधारमाएकाङ्गी वस्तीएउटा मात्र घर भएको वस्ती 
  हेम्लेटदुई चारवटा घरहरू भएको समूहगत वस्ती 
  गाउँहेम्लेट भन्दा अलि ठूलो वस्ती 
(ख) स्वरूपका आधारमा– 
   प्रविकीर्ण वस्तीघरहरू टाढा फैलिएका वरी परी खेती गरिएको । 
   एकत्रित बस्तीधेरै घरहरू नजिक नजिक रहेको वस्ती 
(ग) संरचनाका आधारमारेखाका ग्रामीण वस्ती
      वर्गाकार ग्रामीण वस्ती
      वृत्ताकार ग्रामीण वस्ती 
     ताराकार ग्रामीण वस्ती 
(२)       शहरी बस्ती
   "शहरी बस्ती त्यस्तो वस्ती हो, जहाँका मानिसहरू कृषि कार्यमा नभएर उद्योग, व्यापार तथा अन्य माध्यमिक व्यवसायमा लागेका हुन्छन् साथै सडक, विद्युत, खानेपानी, शिक्षा आदिको पूर्वाधारको राम्रो विकासका साथै जनसंख्या र जनघनत्वको आकार ज्यादा र आर्थिक क्रियाकलाप बढी हुन्छ ।"
शहरी बस्तीलाई छुट्याउने आधार विभिन्न मुलुकले विभिन्न तवरले अपनाएको पाइन्छ । जस्तै आइसल्याण्डले ३०० जना, डेनमार्क, स्वीडेन र फिनल्याण्डमा २५०, निदरल्याण्डमा २०,०००, सं. रा. अमेरिकामा २५००० र जापानमा ३०,००० जनसंख्या भएको क्षेत्रलाई शहरी बस्ती मानिएको पाइन्छ । भारतले ५००० भन्दा बढी जनसंख्या र १००० प्रतिवर्ग माइल भन्दा बढी भएको र ७५ प्रतिशतभन्दा बढी जनसंख्या कृषि बाहेकको पेशामा रहेकोलाई नगरको मान्यता दिएको छ भने नेपालमा भने २०,००० भन्दा बढी जनसंख्या, खानेपानी, सडक, शिक्षा, बिजुली आदि पूर्वाधार भएको र वार्षिक न्यूनतम १० लाख आम्दानी भएको क्षेत्रलाई नगरको मान्यता दिएको पाइन्छ । 
विश्वमा शहरी बस्तीको विकास सभ्यतासँगै भएको मानिन्छ । उब्जाउ जमिन,समतल भागहरू र नदी किनारहरूमा आदिम सभ्यताहरूको विकास भएबाट यसको प्राचीनता आँकलन गर्न सकिन्छ । १८ औँ शताब्दीमा औद्योगिक क्रान्तिपछि शहरीकरणले तीव्रता पाएको छ । सन् १९५० मा विश्व जनसंख्याको करिब २९ प्रतिशत मानिसहरू शहरमा बसोबास गर्दथे भने त्यसको ३५ वर्षपछि सन् १९८५ मा यो प्रतिशत ४२ र सन् २००० पछि ४५ एवं हाल ५० प्रतिशत नाघिसकेको बताइन्छ । यसरी शहरी जनसंख्या बढ्नुमा ग्रामीण क्षेत्रबाट शहरी क्षेत्रमा मानिसहरूको बसाइ सराइ र विकासशील मुलुकमा शहरीकरण तीव्र रूपले हुनुलाई मानिएको छ । विकसित मुलुकहरूमा ७३ प्रतिशत र विकासोन्मुख मुलुकमा ३४ प्रतिशत जनसंख्या शहरमा बसोबास गरेको पाइन्छ । सबैभन्दा बढी शहरी जनसंख्या उत्तर अमेरिकामा (कुल जनसंख्याको ७५ प्रतिशत) , युरोपमा ७३ प्रतिशत, ओसेनियामा ७० प्रतिशत, एसियामा ३५ र अफ्रिकामा ३३ प्रतिशत बसोबास गर्दछन् ।  यो प्रतिशत वर्षेनी वृद्धि हुँदै गइरहेको छ ।

No comments:

Post a Comment