एकाई-१
प्रश्न
संख्या -५
१.१
राजनितिशास्त्रको परिभाषा :
·
Politics
ग्रीक भाषाको Polis र Politia शब्दबाट
उत्पति भएको हो ।
·
Polis
र Politia को अर्थ
नगर र राजनिति भन्ने बुझिन्छ ।
·
राजनैतिक
सिद्धान्तको दृष्टीकोणलाई पुर्वीय र पश्चिमी दुई राजनीतिक दृष्टिकोणमा विभाजीत
गरिएको छ ।
·
वेद, रामायण र महाभारतमा प्रतिवादित सिद्धान्त
पुर्विय हो भने प्लाटो, अरस्तु, सुकरात द्वारा प्रतिवादी सिद्धान्त पश्चिमी
राजनितिक सिद्धान्त हो ।
·
प्राचिन कालमा ग्रिसमा स-साना नगर राज्यका बारेमा अध्ययन गराउने
भएकोले राजनिति शास्त्रलाई नागरिक शास्त्र भनिन्थ्यो ।
·
लासबेल, आलमन्ड, पावेल, डेबिड र रोबर्ट डालले मानव आचरण संग
सम्बन्धित राजनैतिक पक्षहरुको अध्ययन गर्ने शास्त्रको रुपमा राजनैतिक शास्त्रलाई
परिभाषित गरे ।
·
समग्र राज्य र सरकारका बारेमा अध्ययन गर्ने शास्त्रको रुपमा आधुनिक
राजनैतिक चिन्तकहरुले राजनैतिक शास्त्रलाई परिभाषित गरेका छन् ।
·
राजनिति-शास्त्रमा प्रणाली सिद्धान्तको सर्वप्रथम प्रयोग गर्ने
विद्वान डेबिट इस्टन हुन् उनले सन् १९५३ मा The Political System पुस्तक प्रकाशन गरे
भने सन् १९६५ मा A framework for Political Analysis पुस्तक प्रकाशन गरे
।
·
Comparative Politics: A development Approach का लेखक आल्मन्ड र
पावेल हुन् ।
·
राजनैतिक प्रणाली भनेको एउटा मानव समुदाय हो, जसले निश्चित सिमाना भित्र शक्ती
प्रयोगको विधि सम्वत् एकाधिकारको दावि गर्दछ "Max weber.
·
"राजनैतिक प्रणाली भनेको मानव सम्बन्धहरुको कुनै यस्तो सतही ढाँचा हो, जसले उल्लेखनिय हदसम्म शक्ती, नियम वा प्राधिकारको प्रयोग गर्दछ।
"- रोबर्ट डायल
केहि परम्परागत परिभाषा:
·
"राजनितिकशास्त्र
सामाजिक विज्ञानको त्यो माग हो जसले, राज्यको आधार तथा
सरकारका सिद्धान्तहरु बारे विचार गर्दछ ।" – पाल जेनेट
·
"राजनीतिशास्त्रले समाजमा बस्ने मानिसहरुको बारेमा ब्यापक अध्ययन
गर्दछ । "- अरस्तु
·
"राजनितिकशास्त्रले
प्राचिनकालमा राज्यको स्वरुप कस्तो थियो, वर्तमानमा कस्तो छ
र यस्को आदर्श एवम् स्वरुप कस्तो हुनुपर्दछ भन्ने कुराको विवेचना गर्दछ" –
गेटेल
·
"राजनितिशास्त्रले
सरकार संग सम्बन्धित विद्याको अध्ययन गर्दछ" –लिकक
आल्मण्ड र पावेलले राजनीतिक प्रणालीका
आधारभुत विशेषता :
१
अंगहरुको अन्तर निर्भता
२
राजनीतिक प्रणालीको सिमाना
३
राजनितिक प्रणालीको वातावरण
४
विधि सम्वत् भौतिक करकापको प्रयोग, मानेका छन् ।
·
Modern Political Analysis पुस्तकका लेखक रवर्ट डायल हुन् ।
·
रोवर्ट डायलका अनुसार राजनितिक प्रणालीका ८ वटा विशेषता छन् ।
सामाजमा
राजनैतिक स्रोहरुको असमान नियन्त्रणका कारणहरु:
१ कार्यको
विशिष्टिकरण,
२.
जन्मबाटै उत्पन्न अन्तर,
३. लक्ष्य
र प्रेरक तत्वमा अन्तर/तिनवटा छन् ।
·
राजनैतिक प्रभावका असमान वितरणका कारण:
१ स्रोतहरुको वितरणमा असमानता
२ स्रोतहरुको प्रयोग गर्ने व्यक्तीको
दक्षतामा भिन्नता
३ उपलब्ध स्रोतहरुलाई राजनीतिक उद्धेश्यका
लागी प्रयोग गर्ने वा नगर्ने भन्ने बारेमा ब्यक्तीको इच्छा तीनवटा छन् ।
·
शासकहरुले अंगालेको विचार धारालाई सतारुढ विचार धारा भनिन्छ ।
·
राजनितिशास्त्रको अध्ययनको सम्बन्ध सगठित राज्यको मानव विकास संग छ –
प्रो. लास्की
राजनितिकशास्त्रको
आधुनिक परिभाषा :
·
सन् १९६० को दशक पछि प्रयोगमा आएको –
राजनितिक शास्त्रलाई राज्यको अध्ययन गर्ने
विज्ञानको रुपमा मात्र लिने विद्वानहरु विउ सालि, साल्टो, ग्यारी र गार्नर हुन् ।
·
"राजनितिकशास्त्र एक अनुभववादी विज्ञान हो र जसको मुख्य उद्धेश्य
शक्तीको निर्धारण एवम् शक्तीमा सहभागीता हुनु हो " – लासवेल
·
"राज्य संग सम्बन्धित विज्ञान नै राजनैतिक विज्ञान हो । यसले
राज्यका मौलिक सर्तहरु, स्वरुप र विकासका बारेमा विवेचना गर्दछ"। - विउसाली
·
"राजनितिशास्त्रको प्रारम्भ र अन्त्य राज्य संगै हुन्छ" । -
गार्नर
·
राजनितिशास्त्रका पिता अरस्तु हुन् ।
·
"राज्यका ब्यवस्थाहरुलाई ज्ञान र अन्तदृष्टि प्रदान गर्ने र सबै
समाजका सबै सदस्यलाई असल जिवनको सुविधा दिन सक्षम बनाउनु शास्त्र नै राजनिति
शास्त्र हो"।– अरस्तु
·
"मानिस एउटा समाजिक प्राणी हो, मानिसले मानिस भएर बाच्नका लागि समाजमा
बस्नु नितान्त आवश्यक छ । समाजमा बस्ने मानिसका बारेमा व्यापक अध्ययन गराउने
विज्ञान राजनितिशास्त्र हो" । अरस्तु
·
"राजनितिशास्त्रले सरकारका तत्वहरुको अध्ययन त्यस्तै प्रकार
गर्दछ, जसरी अर्थशास्त्रले धनको, जिव विज्ञानले जिवको, विजगणितले अंकको र रेखा गणितले स्थान र
विस्तृतको गर्दछ" ।- सिले
·
राजनितिशास्त्र सामाजिक विज्ञानको त्यो भाग हो, जसले राज्यको आधार तथा सरकारका
सिद्धान्तहरु बारे विचार गर्दछ । - पल जेनेट
·
आगत, निर्गत
विश्लषणको प्रतिपादन गर्ने डेबिटस्टन हुन् । जसमा चारवटा पक्षहरु :
१ आगतहरु
२ रुपान्तर
३ निर्गत
५
पृष्ठपोषण छन् ।
·
आगतका प्रमुख स्रोतहरु :
१ शासक वा ठालुहरु
२ घरेलु वातावरण
३ अन्तर्राष्टिय वातावरण
·
कार्यात्मक विश्लेषणको प्रतिपादक आल्मन्ड र पावेल हुन् ।
Political
Socialization: A study in Psychology of Political behavior,1959 का लेखक हवर्ट.एच.
हाडमेन हुन् ।
·
राजनीतिक सामाजिकीकरणको अवधारणा सर्वप्रथम पेश गर्ने हवर्ट एच.
हाइम्यान हुन् ।
·
Aspect of Political Development पुस्तकका लेखक
लुसियन. डब्लु. पार्ट हुन् ।
·
Political Parties and Political Development पुस्तकका लेखक लापालोम्बरा र बेनर हुन् ।
·
राजनितिशास्त्र मुल्यहरुको आधिकारिक वाँडफाँड मान्ने विद्वान डेविट
स्टन हुन् ।
·
राजनितिशास्त्र शक्ति शासन र प्राधिकरण संग सम्बिन्धित विद्या हो ।
रोबर्ट डायल
·
राजनितिशास्त्र एउटा निश्चित सिमाना भित्र भौतिक शक्तीको प्रयोग वा
प्रयोगको धम्की संग सम्बन्धित क्रियाकलापको अध्ययन हो - Max Weber
१.२ राजनितिशास्त्रको अध्ययनको क्षेत्र :
·
प्राचिन विद्वानहरुले नगर, राज्य, समाज र
मानव जिवनका व्यवहारको अध्ययन गर्ने क्षेत्रलाई राजनितिशास्त्र र मनोविज्ञान समेत
राजनीतिशास्त्रको अध्ययनको क्षेत्र मानेका छन्।
·
राजनितिशास्त्र भित्र अनुशासन, आचरण, नैतिकता, सभ्यता, सामाजिक घटनाक्रम, सामाजिक समस्या र निराकरण जस्ता विषय पर्दछन् ।
·
राजनितिशास्त्रको क्षेत्र भित्र आर्थिक तथा सामाजिक सरकारका अंग, अन्तर्राष्टिय संगठन एवम् कुटनितक
सम्बन्धका विविध पक्ष पर्दछन् ।
·
राजनितिशास्त्रले मुल रुपमा राज्य र सरकारको अध्ययन गर्दछ ।
·
विश्वमा राजनैतिक प्रभाव हावि हुनु, राजनितिशास्त्रको अध्ययन क्षेत्र वृद्धि
हुनु एवम् राजनैतिक दलको संख्यामा वृद्धि हुनु आदि कारणले राजनितिशास्त्र अध्ययन
क्षेत्र विस्तार हुदैँ गएको पाईन्छ ।
१.२
राजनितिशास्त्रको अध्ययन पद्धतिलाई (क) प्राचिन वा परम्परागत अध्ययन पद्धति र (ख)
आधुनिक वा वैज्ञानिक अध्ययन पद्धति, दुई भागमा बाडिएको छ ।
·
प्राचिन वा परम्परागत अध्ययन पद्धति: (५ भाग)
१ ऐतिहासिक पद्धति
२ दार्शनिक पद्धति
३ तुलनात्मक पद्धति
४ प्रयोगात्मक पद्धति
६
परिवेक्षण पद्धति
१ ऐतिहासिक
पद्धिति :
·
सामाजिक जिवनका हरेक जटिलताको अध्ययनमा ईतिहासले सहयोग पुर्याउँछ
अर्थात वर्तमानलाई भुतकालको अनुभवले साकार पार्छ ।
·
परापुर्वकालका घटना, प्रथा, चालचलन, रितिरिवाज आदिको अध्ययनका लागि ऐतिहासिकताको अध्ययन गर्नु अपरिहार्य
हुन्छ ।
·
प्रसिद्ध विद्वान कार्ल मार्क्सले इतिहासक प्रयोगका माध्यमबाट नयाँ
वाद (कम्युनिज्म) लाई जन्म दिएका थिए ।
·
ऐतिहासिक पद्वतिको प्रयोग गर्नेहरु पक्षपात र भावनामा प्रभावित भई
यथार्थतामा पुग्न नसक्ने हुँदा यस पद्धतिको प्रयोग अत्यन्त सर्तकताका साथ
गर्नुपर्दछ साथै यस पद्धतिबाट लाभ लिन चाहने व्यक्ती पनि तटस्थ हुनुपर्दछ ।
·
विगतको नजिरको आधारमा समसामयिक घटनाक्रम वा समस्याको समाधान
गर्नुपर्ने मान्यता यस पद्धतिले राख्दछ ।
·
"राजनीतिशास्त्र बिनाको इतिहासको कुनै फल हुदैन र इतिहास बिना
राजनितिको जरो हुदैंन"- सिले
·
"ऐतिहासिक पद्धति प्रयोग गर्दा विषयहरुको छनौट र विश्लेषणमा
सतर्कता राख्नु पर्छ र स्वार्थ एवम् पक्षपातलाई त्याग्नु पर्दछ" ।-गेटल
·
"इतिहास उदाहरणहरुको ढुकुटी हो
तर ऐतिहासिक पद्धति प्रयोग गर्दा पक्षपात रहित हुनुपर्ने प्रयास गर्नुपर्छ
अन्यथा यो फलदायक हुदैन" ।-केजरर
·
यस पद्धतिबाट राजनितिक संस्था राजनैतिक विचार, राजनैतिक अवधारणाको, उत्पति र विकासक्रमका बारेमा जानकारी लिन
सकिन्छ ।
·
मेकिया बेली, मन्टेस्क्यु, र हेगेल यस पद्धतिका प्रयोगता हुन् ।
दार्शनिक
पद्धति:
·
राजनितिशास्त्रमा राम्रो नराम्रो छुट्याउने क्रममा दार्शनिक अध्ययन
पद्धतिको माध्यम उपयोगी मानिन्छ ।
·
मानिसको मुल प्रकृति के हो र सामाजीक संगठनको उद्देश्य
के हो जस्ता प्रश्नको उत्तर यस पद्धतिबाट लिन सकिन्छ ।
·
यस पद्धति व्यवहारीकता भन्दा काल्पनिकतामा आधारित रहेको मानिन्छ ।
त्यसैले यसमा गल्ती हुने सम्भावना बढी हुन्छ ।
·
यसले कुनै पनि विषय वस्तुलाई गहन अध्ययन र चिन्तन गर्नुपर्दछ भन्ने
मान्यता राख्दछ।
·
प्लेटोको काल्पनिक आदर्श राज्य दार्शनिक पद्धतिको एउटा महत्वपुर्ण
उदाहरण हो ।
·
प्लेटो, रुसो र मिल दार्शनिक अध्ययन पद्धतिका प्रयोगता हुन् ।
तुलनात्मक
पद्धति :
·
अरस्तुले २५० संविधानहरु तथा शासन प्रणालीको तुलनात्मक अध्ययनगरे ।
·
यस पद्धतिमा एक देशको सामाजीक परिस्थति र घटनाहरुको अर्को देशसँग
तुलना गरिन्छ ।
·
तुलनात्मक अध्ययन पद्धतिमा एउटै समाज वा संस्थालाई मात्र हेरी
निष्कर्ष निकाल्नु हुदैन । जुन देशका संस्थाहरुको तुलना गरिन्छ । ती देशको सभ्यता, संस्कृति लगायतका पक्षहरुमा समानता
रहनुपर्दछ ।
·
"यदि तुलनात्मक पद्धति राम्रोसंग अपनाउने हो भने समानता माथी
मात्र विचार गरिनु हुदैन विवधता पनि छुट्याउनु पर्दछ"। -प्रो. आशिर्वादम
·
अरस्तु, लर्ड ब्राइसका साथै मन्टेस्क्यु पनि यस पद्धतिका प्रयोगता थिए ।
प्रयोगात्मक
पद्धति :
·
भौतिक विज्ञान, जीव विज्ञान, रसायन विज्ञानमा जस्तो प्रयोग नभए पनि राजनितिशास्त्रमा मानीसको
सामाजिक जीवनका विभिन्न किसिमको प्रयोग भइराखेको हुन्छ । भन्ने मान्यता
प्रयोगात्मक पद्धतिमा छ ।
·
समाज राजनितिशास्त्रको प्रयोगशाला हो त्यसैले समाजमा आउने
परिवर्तनसंगै राजनैतिक ब्यवस्था, संस्कृति, आचरणमा पनि परिवर्तन भइरहन्छ ।
·
यस अन्तरगत राज्यका गतिविधिहरुलाई सुक्ष्म अध्ययन गर्दै प्रत्येक
परिवर्तनलाई सफलता वा असफलताको आधारमा नयाँ राजनीतिक शासन व्यवस्था सम्बन्धि
निष्कर्ष निकाल्ने अध्ययन पद्धति नै प्रयोगात्मक पद्धति हो ।
·
नेपालको समय-समयको जन-आन्दोलन यसैको परिणाम हो । उदाहरण हो ।
१.४
राजनीतिशास्त्रको अन्य सामाजीक संस्थाहरुसंगको सम्बन्ध :
·
उन्नाइसौ शताब्दीसम्मा ज्ञानका शारवाहरुलाई अलग-अलग रुपमा विभाजन
नगरिएकाले ज्ञानका सबै शाखाहरु मानिसलाई केन्द्रविन्दु मानी मानिसका विभिन्न
क्रियाकलापहरुको विश्लेषण गर्दथे ।
·
पछिल्लो समयमा ज्ञानका विभिन्न शाखाहरु एक अर्काबाट आफुलाई भिन्न
गर्ने क्रममा अन्य सामाजिक शास्त्रहरु अलग भएतापनि राजनितिशास्त्रलाई दर्शन शास्त्रसंग
जोडिएर अध्ययन गरिन्थ्यो ।
क)
राजनितिशास्त्र र इतिहासको सम्बन्ध:
·
पाश्चात्य चिन्तक फ्रि म्यान इतिहासलाई भुतकालको राजनिति र
राजनितिलाई वर्तमान इतिहासका रुपमा लिइन्छ ।
·
इतिहास विवरणपरक र बढी वास्तविकतामा आधारित छ भने राजनितिशास्त्र विश्लेषणपरक
हुन्छ ।
·
"इतिहासले राजनितिशास्त्रलाई तेस्रो आयाम प्रदान गर्दछ" ।-
बिलोबि
·
इतिहासले राज्य सरकार र शक्तीको अध्ययनमा राजनितिशास्त्रलाई सघाउँछ ।
·
इतिहासले राजनितिशास्त्रको पथ प्रदर्शन गर्दछ ।
·
इतिहास राजनितिशास्त्रको प्रयोगशाला हो ।
·
इतिहासले विगत, वर्तमान र भविष्यका बिच अन्तर सम्बन्ध कायम गर्दछ ।
ख)
राजनीतिशास्त्र र अर्थशास्त्र बिचको सम्बन्ध:
·
अर्थशास्त्रले वस्तुको उत्पादन, त्यसको वितरण र उपभोग जस्ता विषयहरुको अध्ययन गर्दछ भने
राजनीतिशास्त्रले वस्तुको उत्पादन, उपभोग र वितरणको व्यवस्थापन अध्ययन गर्दछ ।
·
विश्वका अधिकांश राष्ट्रहरुमा आर्थिक असन्तुलन र अभावका कारण
राजनीतिक परिवर्तनमा पनि प्रत्यक्ष प्रभाव पारेको हुन्छ ।
·
शासनको गतिविधी र त्यसको रुप आर्थिक परिस्थितिबाट धेरै प्रभावित छ ।
·
मुलकुको राजनैतिक व्यवस्थाले त्यस मुलुकको आर्थिक ब्यवस्थालाई
निर्धारण गरेको हुन्छ ।
·
अर्थशास्त्र बिना राजनितिशास्त्र अवास्तविक र सारहिन ढाँचा मात्रा
रहन्छ" ।- चार्लस बिमड
ग)
राजनितिशास्त्र र समाजशस्त्र बिचको सम्बन्ध
·
लामो समयसम्म राजनितिशास्त्र र समाजशास्त्र यी दुवै चासोको विषय राज्य र समाज रहेकोमा
राजनितिशास्त्रले राज्य सरकारको गतिविधिलाई मात्र सिमित राखेपछि समाजको गैह्र
राजनैतिक र गैह्र आर्थीक पक्षको अध्ययन गर्ने शास्त्रको रुपमा समाजशास्त्रले
छुट्टै रुप लिएको हो ।
·
राजनितिशास्त्रमा अध्ययन गर्ने तरीकाहरु Research
Method, Technology, Survey Method आदि समाजशास्त्रबाट आएका हुन् ।
·
प्रो. गिङिड्सका अनुसार
"न्युटनको गतिशिलता सिद्धान्त सम्बन्धि जानेको मानीसलाई
ज्योतिषशास्त्र र तापगतिशास्त्र सिकाउनु जति निरर्थक छ त्यति नै समाज विज्ञानका
प्राथमिक कुराहरु पनि नजानेको मानिसलाई राजनितिक सिद्धान्तहरु सिकाउन निरर्थक
छौ"
घ)
राजनीतिशास्त्र र मनोविज्ञान बिचको सम्बन्ध:
·
राज्य र राजनितिक संस्थाहरु मानव मस्तिष्का देन भएका कारण यिनहरु बिच
घनिष्ठ अन्तर सम्बन्ध छ ।
·
प्लेटाव देखी अहिलेसम्मका राजनितिक चिन्तकहरुले मानव आचरणको
मनोवैज्ञानिक पक्षप्रति अभिरुचि देखाएका छन् ।
·
बार्कर भन्छन् –"हाम्रा पूर्वज प्राणीशास्त्रीक ढंगलर् सोच्दथे
भने हामी मनोवैज्ञानिक ढंगले सोच्दछौं" ।
·
मनोवैज्ञानिक फ्रायडले प्रतिपादन गरेको मनोविश्लेषणले
राजनीतिशास्त्रमा पर्याप्त छाप छाडेको छ ।
·
गार्न भन्छन –"सरकारु स्थायी एवम लोकप्रिय हुन जनताको मनोभावना र
नैतिक पक्षलाई प्रतिबिम्बित गर्न सक्नु पर्छ" ।
ङ)
राजनितिशास्त्र र भुगोल बिचको सम्बन्ध:
·
भौगोलिक कारण सामन्यतया स्थिर
रहने हुनाले राज्यको राजनैतिक जीवनमा स्थायी प्रभाव पार्दछ ।
·
प्राचिन राजनितिक चिन्तक अरस्तुले भुगोलको ज्ञान बिना
राजनितिशास्त्रको ज्ञानमा वृद्धि हुन सक्दैन भन्छन्" ।
·
राज्यको भुगोलमा पाइने अलग-अलग राजनैतिक संस्कारले राज्य ब्यवस्थापनमा
प्रभाव पार्दछ ।
·
रुसो भन्छन –"तातो जलवायु निरंकुश शासकको अनुकुल हुन्छ तर मध्यम
खालको जलवायु शुसासनको अनुकुल हुन्छ ।
·
मन्टेस्क्युका अनुसार –" सरकारको स्वरुप र जनताको स्वतन्त्रता
भौगोलिक वातावरणले प्रभावित हुन्छ" ।
·
भुगोल र राजनीति शास्त्रको सम्बन्धकै कारण भु-राजनिति र राजनैतिक
भुगोल जस्तो अवधारणा विकसित भएका हुन् ।
·
भू-राजनितिक अवस्थाका कारण राष्ट्रहरुको सम्पन्नता र विपन्नता हुने
अवस्था सिर्जना हुन्छ ।
च)
राजनितिशास्त्र र कानुन बिचको सम्बन्ध-
·
कुशल शासन संचालनका लागी संविधान कानुन पनि कुशल तयार हुनुपर्दछ ।
·
कानुनको निर्माण, संरक्षण, समयानुकुल, संसोधन एवम् परिमार्जन गर्ने काम राज्यले गर्दछ र राज्यको राजनिति
कानुन द्वारा निर्देशित र नियन्त्रित हुन्छ ।
·
राज्यको उद्देश्य यथाशक्य सुविधा प्रदान गरी लोककल्याणकारी राज्य स्थापना
गर्नु हो भने कानूनको उद्देश्य नागरिक जीवनलाई सुखमय बनाउन अनैतिक क्रियकलाप तथा
ब्यवहारलाई नियन्त्रण गर्नु हो ।
·
राजनितिशास्त्रलाई सरकारको अध्ययन गर्ने शास्त्रको रुपमा लिने विद्वान
सिले हुन् ।
·
राजनितिशास्त्रको प्रयोगशाला समाज हो ।
·
राजनितिशास्त्रको प्रयोगशास्त्र र इतिहास बिच धनिष्ठ सम्बन्धमा जोड
दिने एडम स्मिथ हुन्।
·
कानूनलाई मानिसको ब्यवहारलाई नियमित गर्ने प्रमुख आधारको रुपमा लिइन्छ
।
·
युनेस्कोले राजनितिशास्त्रका मुख्य चार क्षेत्रहरु
क) राजनैतिक सिद्धान्त ख) सरकार ग) जनसमुदाय घ) अन्तर्राष्ट्रिय सम्बन्ध
·
राजनितिशास्त्र राज्य, सरकार र राज्य नितिको विज्ञान हो ।
·
Human Nature in Politics पुस्तकका लेखक
ग्राहाम बालास हुन् ।
·
"राजनितिशास्त्रको अध्ययन पद्धतिले मनमस्तिष्कको त्यो बौद्धिक
तरिकालाई जनाउँदछ जसले राजनैतिक वास्तविकताको ज्ञानको खोजी गर्दछौ" ।- मेसिनो
साल्भेदोरी
·
राजनितिशास्त्र त्यो विज्ञान हो जसले राज्य नामक संगठनको अध्ययन गर्दछ
र यो एउटा स्थिर तथा गतिशिल विद्या हो । - प्रो. गुडनाब
·
प्राचिन राजनितिशास्त्रमा साहित्यका ३ वर्गहरु धर्मशास्त्र, धर्मसुत्र र टिका
मान्ने विद्वान मनु हुन् ।
·
राजनितिशास्त्रलाई मुल्यहरुको आधिकारिक बाँडफाँडका रुपमालिने विद्वान
डेविट स्टन हुन् ।
·
राजनितिशास्त्रमा अवलोकन पद्धतिलाई जोड दिने विद्वान लोबेल हुन् ।
·
राजनितिशास्त्र र समाजशास्त्र बिच अन्तर सम्बन्ध दर्शाउने विद्वान Max Weber हुन् ।
·
राजनितिशास्त्रमा प्रयोगात्मक पद्धति जोड दिने विद्वान लोबिस हुन् ।
·
The Structure of Social Action पुस्तकका लेखक
पार्सन्स हुन् ।
·
Republic का लेखक प्लेटो हुन्
।
·
New Aspects of Politics का लेखक मेरियम हुन्
।
·
व्यवहारवादी राजनितिशास्त्रको विकास गर्ने विद्वान साइमन, लासवेल र अलमन्ड
हुन् ।
·
राजनीतिशास्त्रमा ऐतिहासिक प्रयोगका माध्यमबाट कम्युनिज्मको जन्म दिने Karl Marx हुन्।
·
The process of Government पुस्तकका लेखक F. बेन्ट हुन् ।
·
Old Societies and New Nations पुस्तकका लेखक गिरटज
हुन् ।
·
आधुनिक राजनितिक सिद्धान्तलाई उदारवादी चिन्तकधारा र मार्क्सवादी
चिन्तन धारा २ भागमा विभाजन गरिएको छ ।
·
अमेरिकी राजनितिशास्त्र संघको स्थापना सन् १९०३ मा भयो ।
·
राजनितिशास्त्रमा आचरणवादी आन्दोलनका प्रणेता चार्ल्स मेरियम हुन् ।
thank you very much to the writer of this blog post.
ReplyDelete